काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन) को नयाँ अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत रूपमा चयन भएका छन्। सोमबार सम्पन्न एपोनको साधारण सभाबाट नयाँ कार्यकालका लागि अधिकारी नेतृत्व चयन गरिएको हो।
अध्यक्ष पदमा संघका पूर्वअध्यक्ष दीपक दाहालले उम्मेदवारी फिर्ता लिएपछि अधिकारी निर्विरोध अध्यक्षमा चयन भएका हुन्।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा प्रभात रुङ्गटा, उपाध्यक्षमा पृथ्वीराज भण्डारी र महासचिवमा सन्तोष बराल चयन भएका छन्। त्यसैगरी सचिवमा गिरिजा पाठक र कोषाध्यक्षमा सुमित चन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
सदस्यहरूमा शैलेश वैद्य, पंकज कुमार तिवारी, ईश्वर कुमार भण्डारी, शरदचन्द्र ओझा, सजल राज रेग्मी र प्रवल दाहाल चयन भएका छन्।
संघको निवर्तमान अध्यक्ष महेश प्रसाद प्रधान रहेका थिए। नयाँ नेतृत्वसँगै औषधि क्षेत्रको सुदृढीकरण र नीति सुधारमा संघले थप सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
Comment