हलसँग असन्तुष्टी जनाउँदै निर्माताले रोके ‘रियाल रिङ्गेट’ को प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यसै साता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को प्रदर्शन नेपालभरका हलहरूबाट स्थगित गरिएको छ। निर्माता गगनलाल प्रधानले एक प्रेस विज्ञप्तिमार्फत आगामी सोमबार (साउन २०) देखि फिल्मको प्रदर्शन रोकिएको जानकारी दिएका हुन्।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार चलचित्रलाई उचित समय र प्रभावकारी शो उपलब्ध नगराइएकोले दर्शक माझ फिल्मलाई राम्रोसँग प्रस्तुत गर्न असहज स्थिति सिर्जना भएको बताइएको छ।

“दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहँदा पनि सिनेमाहलसँग बारम्बार अनुरोध गर्दा उपयुक्त शो समयमा बेवास्ता गरियो, जसले हामीलाई यस्तो कठोर निर्णय लिन बाध्य बनायो,” निर्माता प्रधानले उल्लेख गरेका छन्।

रेबेल फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको ‘रियाल रिङ्गेट’लाई निर्देशक विभोर पोखरेलले निर्देशन गरेका हुन्। फिल्मले खाडी मुलुकहरूमा रोजगारीको सिलसिलामा गएका नेपालीहरूको जीवन संघर्ष, पीडा र यथार्थलाई पर्दामा उतारेको छ।

चलचित्रमा प्रमोद चौलागाईं र निता ढुङ्गाना मुख्य भूमिकामा छन्। साथै छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर र विशाल थापाको समेत अभिनय रहेको छ।

रेबेल फिल्म्सले यो निर्णयबाट दर्शक वर्गलाई परेको असुविधाप्रति क्षमायाचना समेत व्यक्त गरेको छ।
निर्माण टिमका अनुसार उचित शो समयको सुनिश्चितता भएमा फिल्म फेरि प्रदर्शनमा ल्याउने तयारी रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।