बजाज मोटरसाइकलको चाडपर्व अफर ‘रोजेरै खुसी’, खरिदमा तीन विकल्प रोज्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नाराका साथ ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ ।

कोभिड—१९ महामारीको समयमा पनि ग्राहकहरुमाँझ खुसी बाड्न उनीहरुको आवश्यकता अनुरुपका योजनाहरु ल्याएको बजाजले बताएको छ । दशैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकहरुलाई विभिन्न तीनवटा योजनाको लाभ लिने अवसर दिएको छ ।

रोजेरै खुसी योजनाअन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा तीनवटा अफर रु १० हजारको नगद छुट पाउन, अथवा ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याज वा २० प्रतिशत डाउन पेमेन्टमा फाइनासिङको सुविधा मध्ये कुनै एक छान्न सक्नेछन् ।

यस योजनाको शुभराम्भ गर्दै कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउदै आएको छ । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस क्याम्पेनबाट निकै खुसी हुनेछन् ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।