पोखरामा हराइरहेका सिन्धुलीका १६ जना हायु समुदायका सदस्य गगनगौँडामा फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । सिन्धुलीको गोलान्जोर गाउँपालिका–६ बागेश्वरका १६ जना हायु समुदायका व्यक्तिहरू पोखरामा फेला परेका छन्।

कास्की जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति पोखराको होटल जननीमा बसेका उनीहरू आइतबार बिहान होटलबाट अचानक बाहिरिएका थिए। त्यसपछि उनीहरू सम्पर्कविहीन बनेपछि प्रहरी प्रशासनले खोजी सुरु गरेको थियो।

कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार ती सबै व्यक्ति पोखरा महानगरपालिका–३० स्थित गगनगौँडामा फेला परेका हुन्। उनीहरूमध्ये ४ जना चन्द्र भण्डारीको घरमा र बाँकी १२ जना सोमनाथ पौडेलको घरमा रहेको जानकारी प्राप्त भएको छ।

हाल प्रहरी टोली गगनगौँडामा पुगेर उनीहरूलाई सुरक्षित रूपमा ल्याउने तयारीमा जुटिरहेको छ। यस घटनाबारे थप विवरण संकलनका लागि कास्की प्रहरीले सिन्धुली प्रहरीसँग समन्वय गरी ती व्यक्तिहरूको नाम, परिचय र अवस्थाबारे विवरण संकलन गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार उनीहरूको उद्देश्यमाथि थप अनुसन्धान भइरहेको छ भने उनीहरू सुरक्षित अवस्थामा रहेको पनि पुष्टि गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।