नेपाली टोलीले जित्यो डाना कपको उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली टोलीले १४ वर्षमुनिको डाना कपको उपाधि जितेको छ । डेनमार्कमा भएको प्रतियोगितामा गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपाल संयुक्त रूपमा मिलेर बनेको नेपाली टोलीले यो सफलता हासिल गरेको हो।

खेलमा केन्याको टोलीलाई ३–० ले हराउँदै नेपाली टोलीले उपाधि जितेको हो । फाइनलमा रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले गोल गरेका थिए ।

यसअघि सेमिफाइनलमा नेपाली टोलीले यूएईको आईएफए स्पोर्टलाई ३–० गोलले हराउँदै पहिलोपटक फाइनलमा स्थान बनाएको थियो।

यो उपलब्धिसँगै नेपाली यू-१४ टोलीले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता हासिल गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।