काठमाडौं । श्रीलंकाको कोलम्बोमा आगामी सेप्टेम्बर १५ देखि २७ सम्म आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपको समूह चरणको ड्र आज बंगलादेशको ढाकामा सार्वजनिक गरिएको छ।
ड्रअनुसार नेपाल समूह ‘ए’ मा आयोजक श्रीलंका र बंगलादेशसँग परेको छ। समूह ‘बी’ मा गत संस्करणको विजेता भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन्। समूह ‘ए’ मा ३ टोली छन् भने समूह ‘बी’ मा ४ टोली सहभागी छन्।
ड्र कार्यक्रममा साफ महासचिव पुरुषोत्तम कट्टेलको उपस्थितिसहित यू–२० महिला साफ च्याम्पियनसिपका प्रशिक्षक तथा अफिसियलहरू समेत सहभागी थिए। यो प्रतियोगितामा दक्षिण एसियाका सात राष्ट्रबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
Comment