‘कुलमानको कामप्रति सरकार सन्तुष्ट रहेपनि कानुनअनुसार पुनर्नियुक्ति गर्न मिल्दैन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति कानुनी अड्चन रहेको बताएका छन्।

प्रेस संगठन नेपाल, रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले मुलुकको हित र कार्यक्षमताका अधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने बताए ।

घिसिङको कामप्रति सरकार सन्तुष्ट रहे पनि पुनर्नियुक्ति गर्न कानुनी अड्चन रहेको उनले स्पष्ट पारे। नियुक्ति गर्नै परेमा नयाँ कानुनअनुसार गरिने तर यसबारेमा सरकारले छलफल गरिरहेको उनले बताए।

कुलमानको नियुक्तिमा उर्जामन्त्री वर्षमान पुन र प्रधानमन्त्रीबीच असन्तुष्टि बढेको भनी बाहिर आएका समाचारहरुमा सत्यता नभएको उनले जनाए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।