काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई नेपाल लाइफकाे रु. १ करोड सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यमा काम गरिरहेको गैरनाफामूलक संस्था काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई काठमाडौँमा अस्पताल भवन निर्माणका लागि रु १ करोड आर्थिक सहयोग प्रदान गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत गरिएको उक्त सहयोगका लागि किओचको कार्यालयमा आयोजित कार्यक्रममा दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। किओचका तर्फबाट संस्थापक अध्यक्ष डा. भगवान कोइराला र नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्झौतामा हस्ताक्षर गरे।

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ मा निर्माणाधीन बहुविशिष्टिकृत ‘हब’ बाल अस्पताल किओच–काठमाडौँको भवन निर्माण अन्तिम चरणमा पुगेको छ। भवन निर्माणसँगै क्लिनिकल रिसर्च बिल्डिङ निर्माण भई सेवा पनि सुरु भइसकेको छ, जसले बाल स्वास्थ्य तथा नसर्ने रोगसम्बन्धी अनुसन्धानलाई अघि बढाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवालले डा. कोइरालाको नेतृत्वमा सुरु भएको यो परियोजनाले बालबालिकाको स्वास्थ्य सुधारमा अतुलनीय योगदान दिने विश्वास व्यक्त गरे। उनले भने, “यस किसिमको परियोजनाले राज्यको नीति सघाउँछ र भविष्यमा निजी क्षेत्रकै अग्रसरतामा जनताको जीवनरक्षा गर्न सकिने सम्भावना देखिन्छ।”

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीले विगतदेखि नै सामाजिक, आर्थिक, शैक्षिक तथा संस्कृतिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै भने, “बाल स्वास्थ्यमा रूपान्तरण ल्याउन किओचले सुरु गरेको प्रयास प्रशंसनीय छ। हामी आगामी दिनमा पनि सातै प्रदेशमा बाल अस्पताल स्थापना गर्न सहयोग गर्न तयार छौं।”

यस अवसरमा डा. भगवान कोइरालाले नेपाल लाइफको सहयोगप्रति आभार प्रकट गर्दै भने, “यो सहयोगले हाम्रो अभियानलाई थप गति दिएको छ। यस्ता प्रतिष्ठित संस्थासँग सहकार्य गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो।” उनले किओच केन्द्रीय बाल अस्पतालका रूपमा स्थापना गरिएको र यसले तालिम, अनुसन्धान, नीति निर्माणदेखि गुणस्तर सुधारसम्मको कार्य गर्ने जानकारी दिए।

किओचअन्तर्गत पहिलो अस्पताल दमक बाल अस्पताल सञ्चालनमा आइसकेको छ, जहाँ वहिरङ्ग, आकस्मिक, अन्तरङ्ग, प्रयोगशाला, रेडियोलोजी, पीआईसीयू, एनआईसीयू, एचडीयु लगायतका सेवा सञ्चालनमा छन्। मोडुलर अपरेसन थिएटर समेत तयार भई शल्यक्रिया सेवा सुरु भइसकेको छ।

नेपाल लाइफको यो योगदान सामाजिक उत्तरदायित्वका माध्यमबाट स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको सक्रिय सहभागिता र सकारात्मक हस्तक्षेपको उदाहरण बनेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।