चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा क्लब विश्वकपको उपाधि चेल्सीले जितेको छ।

आइतबार सम्पन्न फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई ३–०ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो।

अमेरिकाको न्यूयोर्क स्थित मेटलाइफ स्टेडियममा चेल्सीले पहिलो हाफमा नै ३–० को अग्रता लिएको थियो। चेल्सीको जितमा कोल पाल्मरले २ तथा जोआओ पेड्रोले १ गोल गरे।

प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेको पीएसजीको आक्रमण फाइनलमा भने चल्न सकेन । रक्षात्मक रणनीतिमा उत्रिएको चेल्सीले तीनै गोल काउन्टर अट्याकमा गरेको थियो। पीएसजीले पाएको सिमित अवसरमा पनि गोलरक्षक रोबर्ट सान्चेज बाधक बने।

पाल्मरले २२ औं मिनेटमा चेल्सीलाई अघि बढाएका थिए। उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा गोलरक्षक जियानलुइजी डोनारुममा बिट भए । ३० औं मिनेटमा पाल्मरले पहिलो गोलजस्तै मुभमा फिनिस गर्दै चेल्सीलाई बलियो स्थितिमा पुर्याए।

४३ औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई ३–० ले अघि बढाए। यसपटक पाल्मरले दिएको पासलाई पेड्रोले चिप गर्दै फिनिस गरे।

दोस्रो हाफको ८५ औं मिनेटमा पीएसजी १० खेलाडीमा सिमित भएको थियो। जोआओ नेभेसले मार्क कुकुरेलाको कपाल तानेपछि रेफ्रीले भीएआरको सहायता लिँदै रातो कार्ड दिए।

चेल्सीका कोल पाल्मर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि चुनिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।