नेपालले आज बंगलादेशसँग खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साफ अन्डर ट्वेन्टी महिला च्याम्पियनसिपमा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दैछ।

खेल नेपाली समय अनुसार राति ७ बजे बसुन्धारा किङ्गस अरिनामा सुरु हुने छ। नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले पराजित गरेको छ। भने बंगलादेशले श्रीलंकालाई ९–१ गोलले पराजित गरेको छ। यो प्रतियोगितामा भारत भने सहभागी छैन।

दुई वर्षअघि बंगलादेशमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल ३–० ले पराजित भएको थियो। पछिल्लो समय महिला साफमा बंगलादेश र नेपाल धेरै पटक फाइनलमा भिडिरहेका छन्। यस पटक पनि नेपालले आफ्नो मुख्य प्रतिद्वन्द्वी बंगलादेशलाई नै मानेको छ।

नेपालले आफ्नो तेस्रो खेलमा ३१ गते श्रीलंकाको सामना गर्नेछ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।