सातामा नेप्से २७.८४ अंकले उकालो, ४० अर्बभन्दा बढीको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यो साता सेयर बजार समग्रमा सकारात्मक देखिएको छ। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक २७.८४ अंकले बढेर २७३१.८० बिन्दुमा पुगेको छ। पाँच कारोबारी दिनमध्ये तीन दिन बजार हरियो रहँदा सोमबार र मंगलबार नेप्से केही घटेको थियो। अघिल्लो साता बजार २७०३.९६ अंकमा बन्द भएको थियो।

साताभर कुल ४० अर्ब २९ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ, जुन अघिल्लो साता गरिएको ३८ अर्ब ८० करोड रुपैयाँभन्दा बढी हो। यस साता विभिन्न उपसमूहहरूमा उतारचढाव देखिएको छ। बैंकिङ समूह सबैभन्दा बढी ३.६८ प्रतिशतले बढेको छ भने लघुवित्त १.६१, उत्पादनमूलक १.१६, लगानी समूह १.४३, होटल तथा पर्यटन ०.७९, म्युचुअल फन्ड ०.९७ र अन्य समूह २.६० प्रतिशतले उकालो लागेको छ।

तर, जलविद्युत समूह १.१८ प्रतिशतले घटेको छ भने विकास बैंक ०.४९, निर्जीवन बीमा १.०३, जीवन बीमा १.८० र व्यापार समूह ०.१९ प्रतिशतले घटेका छन्। साताभर भगवती हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन्। कम्पनीको मूल्य १८.३१ प्रतिशतले बढेको हो। त्यस्तै माइखोला हाइड्रो १५, सामुदायिक लघुवित्त ८.९, मान्डु हाइड्रो ८.२६ र सुभम पावर ७.३ प्रतिशतले बढेका छन्।

यता, गुडविल फाइनान्सको डिबेन्चरको मूल्य १८.४९ प्रतिशतले घटेको छ भने ग्रिन डेभलपमेन्ट बैंक १३.८६, राप्ती हाइड्रो १२.२८, रसुवागढी हाइड्रो १०.४१ र शिवश्री हाइड्रोपावर ५.६४ प्रतिशतले घटेका छन्। ब्रोकरतर्फ सबैभन्दा बढी कारोबार ब्रोकर नं. ५८ नासा सेक्युरिटिजले गरेको छ भने त्यसपछि क्रमशः ब्रोकर नं. ४२ सनि सेक्युरिटिज र नं. ३४ भिजन सेक्युरिटिज रहेका छन्। समग्रमा सेयर बजारले साताको अन्त्यसम्म आइपुग्दा सुधारको संकेत दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।