काठमाडौँ । काठमाडौँ महानगरपालिका–६, बौद्धस्थित नयाँबस्तीमा डेरा गरी बसेका ४० वर्षीय चिनियाँ नागरिक वाङ जियान सोमबार साँझ एक करोड ४४ लाख रुपैयाँसहित पक्राउ परेका छन्।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले जियानको डेरा कोठामा खानतलासी गर्दा उक्त रकम फेला परेको हो। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार उनले रकमको स्रोत खुलाउन नसकेको र संलग्नताबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरीले उक्त नगद रकम शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर छानबिन थालेको जनाएको छ। वाङ जियानलाई आवश्यक कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभागसमक्ष पेस गरिने बताइएको छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ।
Comment