नेपाली बजारमा टिभिएसको ‘टेक फ्रेन्ड्ली’ जुपिटर–११०, यस्तो छ विशेषता र मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण गर्ने अग्रणी कम्पनी टिभिएसले नयाँ स्मार्ट स्कुटर टिभिएस जुपिटर–११० सार्वजनिक गरेको छ। अत्याधुनिक इन्जिन र सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका नवीन प्रविधिहरूले सुसज्जित यो स्कुटर नेपाली बजारमा प्रवेश गरेको हो।

टिभिएस जुपिटर–११० स्कुटरले माइलेज, प्रदर्शन, सुविधा, आराम, सुरक्षा र प्रविधिको सन्तुलन प्रस्तुत गर्दै एक पूर्ण र व्यावसायिक सवारी अनुभव दिने उद्देश्य राखेको कम्पनीको दाबी छ। यो मोडेलले विश्वभर ७० लाखभन्दा बढी प्रयोगकर्ताको विश्वास जितेको जिक्र गर्दै कम्पनीले नेपाली ग्राहकहरूको बदलिँदो आवश्यकता र रोजाइअनुसार डिजाइन गरिएको बताएको छ।

यो स्कुटरमा समावेश १५ वटा सेग्मेन्टमै पहिलो र १४ वटा उत्कृष्ट विशेषताहरूले सवारीलाई अझ स्मार्ट, भरपर्दो र सुरक्षित बनाउनेछ। स्कुटरमा डुअल हेल्मेट अन्डर सिट स्टोरेज (३३ लिटर), अगाडिबाट इन्धन भरिने सुविधा, फराकिलो फुटबोर्ड, रोपेटल डिस्क ब्रेक, टर्न सिग्नल ल्याम्प रेस्ट, इमर्जेन्सी ब्रेक वार्निङ, ह्याजार्ड ल्याम्प, मेटल्म्याक्स बडी र बडि ब्यालेन्स २.० प्रविधि रहेका छन्।

साथै, ‘फाइन्ड मी’ र ‘फलो मी’ हेडल्याम्प, अटो क्यान्सल हुने टिएसएल सुविधा, ब्लुटुथ जडान भएको स्मार्ट टीएम डिजिटल क्लस्टर, कल, एसएमएस, नेभिगेसन, भ्वाइस असिस्ट र ‘डिस्टान्स टू इम्प्टी’ जस्ता फिचरले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउनेछ।

जगदम्बा मोटर्सका प्रतिनिधि साहिल अग्रवाल र अखिल गुप्ताले उद्घाटन कार्यक्रममा टिभिएससँगको सहकार्यले नेपाली बजारमा गुणस्तरीय उत्पादन र ग्राहक सन्तुष्टिलाई नयाँ उचाइमा पुर्याएको बताएका छन्। उनीहरूका अनुसार यो स्कुटर नेपाली ग्राहकहरूद्वारा अत्यधिक रुचाइने विश्वास गरिएको छ।

टिभिएस जुपिटर–११० मा ११३.३ सिसिको सिंगल सिलिन्डर, ४–स्ट्रोक इन्जिन प्रयोग गरिएको छ, जसले ६५०० आरपीएममा ५.९ किलोवाट पावर र ५००० आरपीएममा गो असिस्टसहित ९.८ एनएम टर्क उत्पन्न गर्छ। इनफिनिटी ल्याम्पसहितको आकर्षक डिजाइन, अगाडिको फ्युल ट्यांक, लामो सिट र फराकिलो लेग स्पेसले यसलाई अझ उपयोगी बनाएको छ।

यो स्कुटरको प्रारम्भिक मूल्य रु २ लाख ५७ हजार ९०० निर्धारण गरिएको छ र डिस एक्सआईएससी भेरियन्टमा सम्पूर्ण टिभिएस शोरूमहरूमा उपलब्ध हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।