भण्डारीद्वारा वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको रिक्त एक पदमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई नियुक्त गरेकी छिन्।

राष्ट्रपति भण्डारीले गौतमलाई बुधबार बेलुका ८ बजे माथिल्लो सदनको सदस्य पदमा नियुक्त गरेकी हुन्।

भदौ २९ गते बसेको मन्त्रिपरिषद्को नियमित बैठकमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाको एक पदमा गौतमको नाम नियुक्त गर्न सिफारिस गरेको थियो।

नेकपाको फागुन १४ गते बसेको बैठकले गौतमलाई राष्ट्रपतिले नियुक्त गर्ने एक पदमा नियुक्त गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

पार्टी निर्णयको ७ महिनापछि सो निर्णय कार्यान्वयन भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।