आजदेखि लामो दुरीका सवारीसाधन संचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लकडाउन र निषेधाज्ञाका कारण झन्डै ६ महिनादेखि बन्द लामो दूरीका सवारीसाधन आज अर्थात बिहीबार बाट खुला भएका छन्।

यातायात व्यवसायी र चालक महासंघको संयुक्त कार्यदलले हिजै (बुधबार) विज्ञप्ति जारी सबैलाई आजदेखि लामो दूरीका गाडी चलाउन अनुरोध गरिसकेको छ। साथै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि अनुरोध गरेको छ।

चालक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्य रूपमा गर्न भनिएको छ। यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ देखि लामो दूरीका गाडी सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको थियो।

तर ५० प्रतिशत अर्थात् सिट क्षमताभन्दा आधा मात्र यात्रु राख्न पाइनेछ भने भाडा ५० प्रतिशत बढी लाग्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।