कप्तान सावित्राले भनिन्– “सकारात्मक ऊर्जा लिएर फर्किएका छौँ”

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले एसियन कप छनोटमा असफल भए पनि टोली सकारात्मक ऊर्जा लिएर फर्किएको बताएकी छन्। उज्बेकिस्तानमा सम्पन्न समूह ‘एफ’ को निर्णायक खेलमा घरेलु टोलीसँग पेनाल्टी सुट आउटमा ४–२ ले पराजित भएपछि नेपाल १९९९ पछि पहिलोपटक एसियन कप खेल्ने अवसर गुमायो।

सावित्राले खेलमा सुरुआतमै ३ गोल खाएर पछि परेको अवस्था सहज नभएको बताउँदै उज्बेकिस्तानजस्तो उच्च वरीयताको टोलीसँग ३–३ को बराबरी गर्नु गौरवको विषय भएको उल्लेख गरिन्। पेनाल्टीमा कप्तानसहित गोलकिपर अञ्जना रानामगर असफल हुँदा नेपाल पराजित हुन पुगेको थियो।

सावित्राले प्रतियोगिता ठूलो अवसर भए पनि सदुपयोग गर्न नसक्दा पीडा भएको बताइन्। यद्यपि, प्रशिक्षक प्याट्रिकको उत्साह र टोलीको सामूहिक प्रयासले भविष्यका लागि ऊर्जा मिलेको उनको भनाइ छ। छनोटमा सावित्राले ९ गोल गर्दै व्यक्तिगत रूपमा उच्च प्रदर्शन गरेकी थिइन्।

एन्फाका महासचिव किरण राईले पनि नेपालको प्रदर्शन प्रशंसायोग्य रहेको बताउँदै महिला फुटबललाई अझ मजबुत बनाउन लिग र एकेडेमीजस्ता कार्यक्रम अगाडि बढाइने बताएका छन्।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।