निषेधाज्ञाको नियम हेरफेर: विहिबारदेखि के पूर्ण रुपमा खुल्यो, के बन्द (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौं उपत्यकाको निषेधाज्ञा लगभग पूर्ण रुपमा नै खुलेको छ   केही क्षेत्रका लागि भने अर्को आदेश नहुञ्जेल निषेधाज्ञा कायमै रहेको छ । बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि  काठमाडौं उपत्यकामा  बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको छ ।  

कपडा, जुत्ताचप्पल पसल, फेन्सी, कस्मेटिक पसलमा लगाइएको समय पनि हटेको छ। सपिङ मलहरू पनि पूर्ण रुपमा खुल्नेछन्।

यसअघि अत्यावश्यक सेवामध्ये खाद्यवस्तु, दुध, दुधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/मासु बिक्री वितरणमा समय तोकिएकोमा सो पनि हटेको छ।

उपत्यकामा लगाइएको जोर–विजोर प्रणाली भने यथावत नै राखिएको छ ।  त्यस्तै, सभा,गाष्ठी, भेला तथा मठमन्दिर लगायतको प्रतिवन्ध भने यथावत रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।