रियल मड्रिड फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्पेनको प्रतिष्ठित क्लब रियल मड्रिड अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

गएराति सम्पन्न अन्तिम १६ को खेलमा रियल मड्रिडले इटालीको युभेन्ट्सलाई १-० ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। खेलको दोस्रो हाफको ५४औं मिनेटमा गोन्जालो गार्सियाले गरेको एक मात्र गोल नै निर्णायक बन्यो।

रियल मड्रिडले खेलभरि थुप्रै मौका सिर्जना गरे पनि गोलतर्फ सीमित शट मात्र प्रहार गर्न सकेको थियो, जसमा युभेन्ट्सका गोलकिपर ग्रिगेरियोले उत्कृष्ट प्रदर्शन गर्दै थप गोल हुनबाट टोलीलाई जोगाए।

अब रियल मड्रिडले सेमिफाइनल प्रवेशका लागि बोरुसिया डर्टमुन्ड र मोन्टेरेबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।