काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार साँझ साढे ५ बजे प्रकाशित गर्ने भएको छ । बोर्ड बैठकले आवश्यक प्राविधिक तयारीसँगै आजै नजिता सार्वजनिक गर्ने गरी गृहकार्य थाल्ने निर्णय गरेको हो ।
योपटक शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिँदा नजितामा ढिलाइ भएको हो । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
Comment