काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरी संगठनबाट राजीनामा दिएका छन्। प्रहरी सहायक हवल्दारका रूपमा कार्यरत ऐरीको राजीनामा केही दिनअघि प्रहरी प्रधान कार्यालयले स्वीकृति गरेको हो।
सन् २०१६ मा प्रहरी जवान पदमा भर्ना भएका ऐरीले २०८० साल असोजमा चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा लगातार ६ छक्का प्रहार गर्दै विश्व कीर्तिमान बनाएका थिए। उक्त कीर्तिमानपछि उनलाई विशेष बढुवास्वरूप सहायक हवल्दार बनाइएको थियो। तर उनले सात वर्षे सेवा अवधि नपुगी र बढुवा भएको दुई वर्षमै प्रहरीको जागिर छाडेका हुन्।
ऐरी नेपाल पुलिस क्लबका स्थायी खेलाडी तथा कप्तान थिए। उनको कप्तानीमा क्लबले घरेलु क्रिकेट प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गर्दै आएको थियो। यद्यपि उनले जागिर किन छाडेका हुन् भन्ने विषयमा कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।
Comment