जापान ८० रनमा अलआउट, शुभमले लिए ५ विकेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बाँयाहाते स्पिनर शुभम खनालले ५ विकेट लिएपछि एसीसी मेन्स यू–१६ इस्ट जोन क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई ८० रनमा अलआउट गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित कोलेज टुवान्कु जाफर ओभलमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको जापानले ३४.३ ओभरमा सबै विकेट गुमाएर ८० रनमा समेटियो।

नेपालक लागि शुभम खनालले १० ओभरमा १५ रन मात्र दिएर ५ विकेट लिए । अभय यादवले २ तथा सुशील रावल र बिपिन प्रसाद शर्माले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।