काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आगामी संस्करणका लागि चितवन राइनोजले ६ खेलाडी रिटेन गरेको छ । चितवनले अघिल्लो सिजनका मार्की खेलाडी अलराउन्डर कुशल मल्लसहित तीव्र गतिका बलर रिजन ढकाल, दिपक बोहरा, अमरसिंह रटेउला, कमलसिंह ऐरी र गौतम केसीलाई रिटेन गरेको छ।
अघिल्लो सिजन टोलीमा रहेका विपिन रावल, दिपेश श्रेष्ठ, रञ्जित कुमार, सन्तोष कार्की र शरद भेष्वाकर भने रिलिज भएका छन्। यसअघि सुदूरपश्चिम रोयल्सले दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको थियो।
Comment