काठमाडौं । लक्जरी रिटेलर जे एण्ड कोले काठमाडौंको दरबारमार्गमा आफ्नो नयाँ फ्ल्यागशिप स्टोर उद्घाटन गरेको छ । जे एण्ड कोले पहिलो पटक नेपालमा प्रसिद्ध इटालियन फेसन ब्रान्ड एम्पोरियो अरमानी प्रस्तुत गर्दैछ भने स्विस लक्जरी ब्रान्ड बालीलाई नयाँ परिचय र ताजगीका साथ पुनः लन्च गरिएको छ।
स्टोरको उद्घाटन व्यवसायी राजेन्द्र खेतान र आइरा झुनझुनवालाले गरे । दरबारमार्गमा अवस्थित यो स्टोरले जे एण्ड कोको अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई नेपाली ग्राहकहरूसम्म पुर्याउने प्रतिबद्धतालाई झल्काउँछ। आधुनिक तथा आकर्षक इन्टेरियरसहित, यो बुटिकले उच्चस्तरीय किनमेल अनुभव प्रदान गर्दछ ।
‘यो विस्तार नेपालको फेसन क्षेत्रमा नयाँ अध्याय हो,’ जे एण्ड को का प्रबन्ध निर्देशक पंकज झुनझुनवालाले भने, ‘एम्पोरियो अरमानी ले आफ्नो अद्वितीय शालीनता र शहरी सौन्दर्य ल्याउँछ भने बाली ले आफ्नो समृद्ध स्विस इतिहासलाई नयाँ डिजाईन दृष्टिकोणसहित फर्किएको छ। हामी यी अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई एउटै छानामुनि नेपालमा ल्याउन पाउँदा गौरवान्वित छौं।’
एम्पोरियो अरमानीले नेपालमा पहिलो पटक आफ्नो परिष्कृत इटालियन डिजाइन, न्यूनतावाद र आधुनिक लुकसहितका उत्पादनहरू प्रस्तुत गर्दैछ, जुन आधुनिक र फेसनमा रुचि राख्ने युवापुस्तालाई लक्षित गरिएको छ ।
बालीले आफ्नो हस्तकला परम्परा र उत्कृष्टता लिएर नयाँ पहिचानसहित पुनरागमन गरेको छ, अब परम्परागत स्विस कौशललाई आधुनिक सौन्दर्यसँग जोड्दै नेपालको बजारमा नयाँ युगको संकेत दिएको छ ।
स्टोरको उद्घाटन समारोहमा नेपालका फैशन, व्यापार, र जीवनशैली क्षेत्रका प्रमुख व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो ।
जे एण्ड को नेपालको लक्जरी खुद्रा स्टोर हो । कम्पनिले विश्वका प्रतिष्ठित घडी, फेसन, र जीवनशैली ब्रान्डहरूको प्रतिनिधित्व गर्छ। विश्वस्तरीय लक्जरी नेपालमा ल्याउने दृष्टिकोणसहित, जे एण्ड कोले खुद्रा नवप्रवर्तन, ग्राहक अनुभव, र ब्रान्ड क्युरेसनमा निरन्तर नयाँ मापदण्डहरू कायम गरिरहेको दाबी गरेको छ ।
Comment