काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब आमा हस्पिटलमा उपचारसेवा लिदा ५० प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ । जसअन्तर्गत क्यबिन बेड मा ५० प्रतिशत, जनरल बेडमा ३० प्रतिशत र हस्पिटलका अन्य सेवामा २० प्रतिशत साथै आकस्मिक एम्बुलेन्स सेवामा कुनै शुल्क नलाग्ने जनाइएको छ ।
साथै, हेल्थ चेकअप प्याकेजमा ४० प्रतिशतको विषेश सहुलियत दिने भएको छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् ।
अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधा को लाभ लिन सक्नेछन् ।
कम्पनीले यस्ता व्यावसायिक सम्बन्धमा निरन्तर बिस्तार गरि सेवालाई थप प्रभावकारि र स्तरिय बनाउदै कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्नेछ ।
Comment