काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री मुकुल ढकाल नै भएको जनाएको छ। रास्वापालाई पत्र पठाउँदै आयोगले महामन्त्री ढकाल नै भएको जनाएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र सदस्यहरूको १५ महिनाअघि हेरफेर भएको र त्यसयता केही अद्यावधिक नभएको भनी आयोगले पत्राचार गरेको हो ।
रास्वपाले गत वर्ष ढकाल महामन्त्री तथा प्रवक्ताबाट हटाएको थियो। आयोगले भनेको छ,‘प्रस्तुत विषयमा तपाईँले यस आयोगमा मिति २०८२/०३/०४ मा दर्ता गर्नु भएको निवेदन माग बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर भएको विवरण मिति २०८०/१२/२० मा अद्यावधिक भएको र त्यसभन्दा पछि हालसम्म अद्यावधिक भएको अभिलेखबाट नदेखिएको ब्यहोरा आदेशअनुसार अनुरोध छ।’
Comment