शेयर बजार दोहोरो अंकले घट्यो, कारोबार ११ अर्ब नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आजको शेयर बजार नेप्से परिसूचक २४.७६ अंकले घटेर २,६२८ विन्दुमा कायम भएको छ। बजारमा ओरालो लागे पनि कारोबार रकम उच्च देखिएको छ। कुल ३१४ कम्पनीका २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब २३ करोड रुपैयाँ पुगेको छ।

आज सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावरको भएको छ, जसको ८५ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो। त्यसपछि बुटवल पावर कम्पनीको ५८ करोड र सिंगटी हाइड्रोको ४७ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ।

लगानीकर्ताको कमाइ र घाटाका हिसाबले हेर्दा, आज सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले ९.९८ प्रतिशतले मुनाफा कमाएका छन्। त्यस्तै, मध्यभोटेकोशीका लगानीकर्ताले ५.५५ प्रतिशत, शिभ श्री हाइड्रोले ४ प्रतिशत र पाँचथर पावरले ३.५९ प्रतिशत लाभ कमाए। अर्कोतर्फ, पियोर इनर्जी र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले घाटा व्यहोरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।