नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले बिहीबार सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

विनयी खोलामा डाइभर्सन भत्किनुका साथै दुम्कीबास–दाउन्ने सडकखण्डको विभिन्न स्थानमा सडक चिप्लो भई सवारी आवागमन प्रभावित भएको छ।

प्रहरीले पूर्वबाट पश्चिम तथा पश्चिमबाट पूर्वतर्फ यात्रा गर्न मुग्लिङ–पोखरा–स्याङ्जा हुँदै बुटवल मार्ग प्रयोग गर्न सुझाव दिएको छ। साना सवारीका लागि गैंडाकोट–पिपलडाँडा खण्ड प्रयोग गर्न सकिने विकल्प पनि खुला गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।