काठमाडौं । नेपालमा लक्जरी इभीको अग्रणी ब्रान्ड दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले ग्राहकलाई लक्षित गर्दै नयाँ योजना ‘ड्राइभ नाउ, पे लेटर’ सार्वजनिक गरेको छ।
यो सीमित अवधिका लागि लागू गरिएको स्किम अन्तर्गत दिपलको प्रिमियम इलेक्ट्रिक भेहिकल (इभी) खरिद गर्ने ग्राहकले पहिलो ६ महिनासम्म मासिक किस्ता तिर्नु नपर्ने सुविधा पाउनेछन्।
साथै, यो योजनाअन्तर्गत ग्राहकले पाउने अन्य आकर्षक सुविधामा पुरानो कारमा उत्कृष्ट एक्सचेन्ज भ्यालु, निःशुल्क अटो प्लस इन्स्योरेन्स, ७ किलोवाट वाल चार्जर र ३ किलोवाट ट्राभल चार्जर, साथै आर्थिक वर्ष २०८२/८३ को सडक कर पनि निःशुल्क उपलब्ध हुनेछ।
यो योजना दिपल S07, दिपल S07L र दिपल L07 मोडेलमा नेपालभरका दिपल शोरूमहरूमा लागू हुनेछ।
नेपालमा प्रवेश गरेको एक वर्षको अवधिमा ९०० युनिटभन्दा बढी दिपल इभी बिक्री भइसकेको छ। जेस्चर कन्ट्रोल, सनफ्लावर टचस्क्रिन, एआर एचयूडीजस्ता १० भन्दा बढी उद्योगकै पहिलो फिचरले दिपललाई नेपालको सबैभन्दा रुचाइएको लक्जरी इभी बनाएको कम्पनीले जनाएको छ।
ग्राहकमैत्री यो योजनाले अब दिपल इभी किन्न चाहनेहरूका लागि सजिलो विकल्प प्रदान गर्ने विश्वास गरिएको छ।
Comment