काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको सूचना संसद्लाई गराइएको छ।
शुक्रबार (आज) बसेको संसद् बैठकमा सभामुख देवराज घिमिरेले यो जानकारी गराएका हुन्।
रौतहटबाट निर्वाचित नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको पद स्वत: गुमेको थियो।
कार्भेस्थित पतञ्जलि योगलाई हदबन्दीभन्दा बढीको जग्गा सट्टपट्टा गर्न दिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध गत बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।




Comment