माधव नेपालको सांसद् पद निलम्बन भएको जानकारी संसद्लाई गराइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको सूचना संसद्लाई गराइएको छ।

शुक्रबार (आज) बसेको संसद् बैठकमा सभामुख देवराज घिमिरेले यो जानकारी गराएका हुन्।

रौतहटबाट निर्वाचित नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको पद स्वत: गुमेको थियो।

कार्भेस्थित पतञ्जलि योगलाई हदबन्दीभन्दा बढीको जग्गा सट्टपट्टा गर्न दिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध गत बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।