काठमाडौं । सरकारले काठमाडौँको नागढुंगा र पाल्पाको सिद्धबाबामा निर्माणाधीन रहेका दुई सुरुङ मार्ग निर्माणका लागि २ अर्ब ६० करोड विनियोजन गरेको छ।
बिहीबार संसद्मा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले भने, ‘आगामी वर्षमा नागढुंगा र सिद्धबाबा सुरुङ सम्पन्न गर्न २ अर्ब ६० करोड विनियोजन गरेको छु।’
त्यस्तै सुरक्षित र भरपर्दो आवागमनका लागि द्रुतमार्ग सुरुङलाई सडक निर्माणलाई प्राथमिकता घोषणा गरेको सरकारले आर्थिक र प्राविधिकरुपमा ठिक भएका ठाउँमा मात्रै नयाँ सडक निर्माण गर्न अनुमति दिने भएको छ।
सहरी क्षेत्रमा दीगो विकासका लागि आरसीसी ढलानसहितका कालोपत्र गरिने छ भने पहाडी र हिमाली क्षेत्रमा केबलकार निर्माणलाई प्रोत्साहन गरिने बजेटमा उल्लेख गरिएको छ।
Comment