काठमाडौं । सरकारले कृषि पशुपन्छी बिमाका लागि २ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आर्थिक बर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै मासु निर्यातको सम्भावनालाई बढाउन फार्ममा लगानी बढाउन प्रोत्साहन गरिने समेत उल्लेख गरे।
त्यस्तै भण्डारण, ढुवानीको लागि सरकारी निजीको सहलगानीलाई सरकारले जोड दिएको छ। अलैँची, चिया, छुर्पी र दुग्दजन्य पदार्थको ‘ब्रान्डिङ’ गरी निर्यातमा जोड दिने समेत बजेटमा उल्लेख छ।
किसानलाई नियमित सूचना दिन किसान एप र एसएमएस सञ्चालन गर्ने समेत सरकारको लक्ष्य रहेको छ। त्यस्तै कफी नर्सरी विकास प्रवर्द्धन गरिने समेत बजेटमा उल्लेख गरिएको छ।
Comment