हरेक स्थानीय तहमा भूमि बैंक स्थापना गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भूमि सम्बन्धी कानुन संशोधन गरी भूमिहीनको समसया स्थायी रुपमा समाधान गरिने भएको छ।

आगामी वर्षभित्र लगत संकगन गरी ५ लाख परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिने पनि आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले बताए।

कृषि योग्य भूमि बाँझो राख्न नपाइने नीति लिइने र भूमि बैंक प्रवर्घन गरिने पनि पौडेलले योजना सुनाए। हरेक स्थानीय तहमा भूमि बैंक स्थापना गरिनेछ।

भू उपयोगी क्षेत्र वर्गीकरण गरी काम अघि बढाइने पनि अर्थमन्त्री पौडेलले बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।