काठमाडौं । सोलुखुम्बुको थामेका कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै ३१ औं पटक सगरमाथा आरोहणको कीर्तमान बनाएका छन् । उनले मंगलबार बिहान ४ बजे ३१औं पटक सगरमाथाको शिखर चुम्दै सबैभन्दा धेरै सगरमाथामा पुग्ने विश्व रेकर्ड बनाएका हुन् । उनी एकै सिजनमा दुई पटकसम्म सगरमाथाको चुचुरोमा पुगेका छन् । उनले २०८१ वैशाख ३० गते २९ औं पटक र त्यसको १० दिनपछि २०८१ जेठ ९ गते ३० औं पटक आरोहण गरेका थिए । कामीरिता १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा लागेका थिए । उनले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।
Comment