चलचित्र निर्देशक छेतन गुरुङको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र निर्देशक छेतेन गुरुङको निधन भएको छ। गुरुङको मेट्रो अस्पताल, महाराजगंजमा उपचारको क्रममा बुधबार बिहान २ बजे निधन भएको हो।

दुई दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। गुरुङको कलेजोमा समस्या थियो। छेतेन चलचित्र निर्देशक एवं लेखक समेत हुन्।

उनी निर्देशित फिल्म ‘प्रेम गीत ३’ प्रदर्शनको तयारीमा छ। दिनेश राउत निर्देशित सन् २०१४ को चलचित्र नोभेम्बर रेनको कथा, पटकथा र संवाद लेखेर उनी चलचित्र क्षेत्रमा भित्रिएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।