काठमाडौं । कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ९०२ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ४८ हजार नाघेको छ । संक्रमित मध्ये ३२ हजार ९६४ जना निको भएर घर फर्किसकेका छन् ।
Comment