उपत्यकामा थप ३२६ जनामा कोरोना सङ्क्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  उपत्यकामा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका २९३, भक्तपुरका १३ र ललितपुरका २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ। संक्रमितमध्ये ३० हजार ६७७ जना निको भएर घर फर्किएका छन्। प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर १७३६ जना घर फर्किएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।