ट्रेड टावरको आइपीओ निष्कासन, वैदेशिक रोजगारीमा गएकाले आवेदन दिन पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ट्रेड टावर लिमिटेडले आज वैशाख ८ गतेदेखि पहिलो चरणको प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई लक्षित गर्दै सेयर निष्काशन प्रक्रिया सुरु गरेको हो।

पहिलो चरणमा कम्पनीले ३ लाख ९७ हजार १ सय ६९ दशमलव ३० कित्ता शेयर सार्वजनिक गरेको छ। इच्छुक वैदेशिक श्रमिक लगानीकर्ताले आगामी वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डले चैत्र २५ गते कम्पनीलाई सेयर निष्काशनको स्वीकृति दिएको थियो। कम्पनीले कुल ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर जारी गर्दैछ। यो कम्पनीको जारी पूँजीको ४८.६९६ प्रतिशत हिस्सा हो।

आईपीओ निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ।

ट्रेड टावर लिमिटेडले काठमाडौं थापाथलीमा ‘ट्रेड टावर’ निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ। साथै कम्पनीले भैँसेपाटीस्थित ‘जनता रेसिडेन्सी’ अपार्टमेन्ट परियोजना र गौशालास्थित ‘होटेल क्रिस्टल पशुपति’ समेत निर्माण सम्पन्न गरी व्यावसायिक सञ्चालन गरिरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।