नेपाल प्रहरीले माग्यो १४५ जना कर्मचारी (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीले आफ्ना कार्यालयका लागि एक सय ४५ जना कर्मचारी माग गरेको छ। कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदमा पदपूर्तिका लागि प्रहरी प्रधान कार्यालयले विज्ञापन आह्वान गरेको हो। 

प्रहरी प्रधान कार्यालय अन्तर्गतको भर्ना छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न विज्ञापन आह्वान गरिएको जनाएको छ। 

गत मंसिर २१ गते प्रकाशित विज्ञापनमा माग पद संख्या थप गरिएको सूचनामा उल्लेख छ।

प्रहरीले भान्सेतर्फ एकसय १७ जना र कुचीकारतर्फ २८ जनाको लागि दरखास्त आह्वान गरेको हो। 

हेर्नुहोस् सूचना 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।