काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ७३ जनालाई थप हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राज्यविरुद्धको अभियोगमा मिश्र, राणा लगायत २० जनालाई १५ दिन र आपराधिक उपद्रव अन्तर्गतका ५३ जनालाई २० दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको हो।
चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा उनीहरू पक्राउ परेका हुन्।
जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजाजतमा हिरासत म्याद थप भएको हो। प्रहरीका अनुसार फरार अभियुक्त दुर्गा प्रसाईंलगायतको पनि खोजी भइरहेको छ।
Comment