मुक्तिनाथको युवा लक्षित “मुक्तिनाथ पकेट मनी बचत खाता” संचालनमा, के–के छन् विशेषता ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले १५ देखि १८ वर्षका युवा पुस्ता लक्षित “मुक्तिनाथ पकेट मनी बचत खाता” संचालनमा ल्याएको छ । यो बचत खाता विशेष गरी भर्खरै एसईई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई फाईदा पुग्नेछ । सो उमेर समुहका ग्राहकहरुलाई बैंकिङ्ग क्षेत्रमा आकर्षित गर्न, डिजिटल बैंकिङ्ग प्रोत्साहन गर्न, बचतको महत्व बझाउन र विद्युतीय कारोबारमा निहित जोखिम सम्बन्धी साक्षरता प्रदान गर्न यो बचत खाताले मद्दत गर्नेछ ।

मुक्तिनाथ पकेट मनी बचत खातामा न्यूनतम रु ५० मौज्दात राखेर खाता खोल्नु हुने प्रत्येक ग्राहकहरुलाई बैंकले अर्धमासिक तथा मासिकरुप एकपटक निशुल्क वित्तीय साक्षरता तथा विद्युतीय कारोबारको जोखिम सम्बन्धी ज्ञान प्रदान गर्नेछ । यो खाता खोल्ने ग्राहकले १८ वर्ष नपुगुनजेल सम्मको लागि निः शुल्क मोबाईल बैंकिङ्ग सुविधा प्राप्त गर्नेछन् । साथै, यो खाता खोल्दा निःशुल्क डिम्याट खाता तथा मेरो शेयर दर्ता लगायत विभिन्न बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन । 

बैंकले हालै मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याएको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामौ रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।