चौतारा युवा क्लबले रेडबुल १५ औं मार्पाक प्रिमियर लिगको उपाधि जित्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं।  राजधानी काठमाडौंमा सम्पन्न ‘रेडबुल १५ औं मार्पाक प्रिमियर लिग (एमपिएल)’ को उपाधि चौतारा युवा क्लबले जितेको छ।

कुल १५ टिमको सहभागिता रहेको यस प्रतियोगिताको फाइनल खेलमा चौतारा युवा क्लबले उपाधि जित्दै नगद २२ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको टिम थलाले नगद ११ हजार १ सय ११ रुपैयाँसहित मेडल र प्रमाणपत्र हात पार्न सफल भयो। डुप्चे युवा क्लब प्रतियोगिताको अनुशासित टिम घोषित हुँदै नगद ५ हजार ५ सय ५५ रुपैयाँ जित्न सफल रह्यो।

त्यस्तै, सेमिफाइनलमा पुगेका टिम भेट्रान्स र चरङ्गे युथ क्लबले समान ३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेका छन्। प्रतियोगिताकै उत्कृष्ट गोलकिपरको उपाधि चौतारा युवा क्लबका सोमान तामाङले जित्दै नगद २ हजार २ सय २२ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे। त्यस्तै, उत्कृष्ट फरवार्ड चौतारा युवा क्लबकै विमल तामाङ घोषित भई समान नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगितामा उदियमान खेलाडीको उपाधि कर्णेल रणमेहर काजी युनाइटेडका समिर अधिकारीले जित्दै नगद २ हजार २ सय २२ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतियोगिताको उद्घाटन अनेश शिक्षक संगठनका केन्द्रीय अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य शंकर अधिकारीले गरेका थिए। ठाकुर गुरुङ, उत्तम अधिकारी, गोपाल गुरुङ, डम्बर अधिकारी, सुब्बा ब. सुनार लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।

रेडबुल मुख्य प्रायोजक रहेको यस प्रतियोगितामा नेपाली मन उद्योग मनमैजु प्रायोजक रहेको थियो। साथै जय मातादेवी ज्वेलर्स नेपालटार, क्याम्ब्रिज/छाङ्मी कोरियन भाषा केन्द्र बालाजु, तथा चौतारा ज्वेलर्स बाइपास सह-प्रायोजक रहेका थिए। प्रतियोगिता सम्पन्न गर्न सितामाया चोदेन, उत्तम अधिकारी, गोपाल गुरुङ र शंकर अधिकारीबाट समेत आर्थिक सहयोग प्राप्त भएको आयोजकले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।