आजदेखि विराट गोल्ड कप प्रतियोगिता सुरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विराटनगरमा सोमबारदेखि ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिता सुरु भएको छ। आयोजक समितिका संयोजक नवीन रिजालका अनुसार शहीद रंगशालामा आयोजना भइरहेको प्रतियोगितामा नेपालका विभागीय टोलीहरू सहित भारतका दुई टोलीसहित कुल १० टोली सहभागी भएका छन्।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न एक करोड ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। विजेता टोलीले नगद ११ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई पाँच लाख रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ पुरस्कार दिइनेछ। साथै, प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई ११ हजार रुपैयाँ र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने संयोजक रिजालले जानकारी गराएका छन्।

प्रतियोगिताको संरक्षक तथा प्राविधिक सहयोग कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल सङ्घ र मोरङ उद्योग व्यापार सङ्घले गरेका छन्।

प्रतियोगिताको उद्घाटन खेल सोमबार साँझ ६ः३० बजे मोरङ र कोलकाता टोलीबीच सम्पन्न हुने आयोजक समितिले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।