नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा म्याट रस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अस्ट्रेलियाका म्याट रसलाई नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। एन्फाले उनलाई एक वर्षका लागि जिम्मेवारी सुम्पिएको छ।

एन्फाका महासचिव किरण राईले रससँग सम्झौतामा हस्ताक्षर गरे। एशियन कप छनोट खेल सुरु हुन करिब तीन सातामात्र बाँकी रहँदा एन्फाले मुख्य प्रशिक्षक नियुक्त गरेको हो।

यद्यपि, रस नेपालमा केही समययता बसोबास गरिरहेका थिए। एन्फाले चार महिनाअघि मुख्य प्रशिक्षक पदका लागि आवेदन खुला गरेको थियो, जसपछि उनी छनोट भएका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।