क्यानले गर्‍यो सन्दीप लामिछानेलाई कारबाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेको सन्दीप लामिछानेलाई कारबाही गरेको छ ।

क्यानले लामिछानेलाई अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गरेको हो । लामिछाने आचारसंहिता विरूद्ध सामाजिक सञ्जाल फेसबुक स्ट्याट्स लेखेको भन्दै क्यानले उनलाई ३ डिमेरिट अंक दिने निर्णय गरेको हाे।

यससँगै अब लामिछानेले क्यानले आयोजना गर्ने कुनै पनि प्रतियोगिताको एक खेल खेल्न पाउने छैनन् ।

सन्दीपले माघ पहिलो साता सकिएको जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै फेसबुकमा आक्रोश पोखेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।