प्रधानमन्त्री कप महिला क्रिकेटको खेल तालिका सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माघ १ गतेदेखि हुने प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सुदुरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगिताको सोमबार खेल तालिका सार्वजनिक गरिएको हो।

प्रतियोगितामा ७ प्रदेशसहित दुई विभागीय त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरी बल (एपिएफ) सहभागिता जनाएका छन्।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। ग्रुप १ मा लुम्बिनी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र एपिएफ छन्। ग्रुप २ मा कोशी, बागमती, मधेश प्रदेश र आर्मी छन्। पहिलो खेल माघ १ गते सुदुरपश्चिम र गण्डकी प्रदेशबिच हुनेछ।

सोही दिन दोस्रो खेल कर्णाली र एपिएफबिच प्रतिष्पर्धा हुनेछ। ग्रुपको शीर्ष दुई टोलीले सुपर ४ खेल्नेछन्। सुपर ४ को शीर्ष २ टोलीले फाइनल खेल्नेछन्। फाइलन खेल माघ १२ गते हुनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।