अर्सना र ममतालाई स्वर्ण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वडा–१७ की अर्सना महर्जन र वडा–५ की ममतासिंह राजभण्डारीले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबल टेनिस प्रतियोगितामा स्वर्ण जितेका छन्।

अर्सना यु–१२ गर्ल्स सिंगल्स तथा ममता भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा पहिलो भए। ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा पाटनको गःछेंःमा भइरहेको प्रतियोगिताको यु–१२ गर्ल्स सिंगल्स फाइनलमा अर्सनाले वडा १६ की काव्या शाक्यलाई १५–१३, ११–५ र ११–३ को सोझो सेटमा पराजित गरिन्।

वडा १९ की मेरिशा श्रेष्ठ र वडा ८ की सुहाना महर्जन तेस्रो भए। भेट्रान ४० वर्षमाथि महिला सिंगल्सको फाइनलमा ममताले वडा ११ की सर्मिला शाक्यलाई सीधा सेटमा ११–४, ११–८ र ११–४ ले हराइन्। वडा १६ की राधा डंगोल र वडा ९ की विजेता वज्राचार्य तेस्रो स्थानमा रहे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।