पोखरा विमानस्थलमा तेस्रो पटक चिनियाँ जहाज अवतरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलमा तेस्रो पटक चिनियाँ जहाज अवतरण गरेको छ ।

बिहीबाट चीनको छेन्दु विमानस्थलबाट १२९ यात्रुसहित आएको सिचुवान एयरलाइन्सको चार्टर जहाज पोखरा विमानस्थलमा अवतरण गरेको हो ।

उक्त जहाज पोखरामा भोलिदेखि सुरू हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन खेलाडीहरू लिएर आएको हो ।

पोखरा विमानस्थलमा चिनियाँ जहाज अवतरण गरेको यो तेस्रो पटक हो ।

यसअघि पहिलोपटक २०८० असार ६ गते पोखरा विमानस्थलमा सिचुवान एयरलाइन्सले नै पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । त्यसपछि गत कात्तिक २१ गते पनि सिचुवानको चार्टर जहाज आएको थियो ।

२०७९ पुस १७ गतेदेखि संचालनमा ल्याइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । सरकारले उक्त विमानस्थल संचालनमा ल्याउन ग्राउण्ड ह्याण्डलिङ, हवाइ इन्धन लगायतमा छुट दिए पनि त्यहाँबाट उडान गर्न विदेशी एयरलाइन्स कम्पनीहरु आकर्षित हुन सकेका छैनन् ।

पोखरा विमानस्थल चीनको एक्जिम बैंकबाट २१ करोड ६० लाख रुपैयाँ डलर ऋण लिएर बनाइएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।