मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मानव बेचबिखनविरुद्धकी अभियन्ता एवं शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन भएको छ ।

उनको सोमबार बिहान जोरपाटीस्थित निवासमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

दनुवारलाई सुतेको स्थानमा श्रीमानले अचेत भेटेपछि अस्पताल लगिएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् ।

दिवंगत दनुवार मानव बेचबिखनविरुद्धको गतिविधिमा सक्रिय हुँदै आएकी थिइन् । अमेरिकाको विदेश मन्त्रालयबाट टप हिरोको सम्मान पाएकी उनलाई फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा समेत राखेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।