राधी विद्युतको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

कम्पनीले लाभांश प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

कम्पनीले गत आव २०८०/८१ को नाफाबाट वितरण गर्ने ४.७५ प्रतिशत बोनस सेयरका आधारमा नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेका अनुसार समायोजनपछि राधीको नयाँ सेयर मूल्य ३६४.८७ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा बिहीबार दोस्रो बजारमा राधीको सेयर कारोबार खुल्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।