आइएमईको आइपीओ नागरिक लगानी कोषले प्रत्याभूति गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नागरिक लगानी कोष र आइएमई लिमिटेड बीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडैलले हस्ताक्षर गरेका हुन ।

आइएमईले प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड ५० लाख ६६ हजार ७०० रुपैयाँ बराबरको १२ लाख ५० हजार ६६७ कित्ता आइपीओ जारी गर्ने भएको हो ।

उक्त सेयर नागरिक लगानी कोषले प्रत्याभूति गर्ने भएको हो । कम्पनीले आइपीअ‍ो निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्डम आवेदन दिइसकेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।